सम्पदाको संरक्षणमा निरन्तर जुटिरहेको मेयर शाक्यको दावी
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७७ फाल्गुण ३, सोमबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकास र सम्पदा संरक्षणमा महानगर निरन्तर जुटिरहेको दावी गर्नुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफु मेयर भई आइसकेर महानगरको विकास र सम्पदाको संरक्षणको क्षेत्रमा निरन्तर काम भईरहेको दावी गर्नुभयो ।
सम्पदाको संरक्षणको क्षेत्रमा जन समुदायसँगकै सहकार्यमा काम भइरहेको अवस्थामा पनि विभिन्न आग्रह पूर्वाग्रह राख्दै एक समूहले अवरोध गर्दा समस्या भइरहेको शाक्यले दोहोर्याउनुभयो ।
‘रानीपोखरी, कमलपोखरी लगायतका ऐतिहासिक सम्पदाको महानगरपालिकाले संरक्षण र जिर्णोद्धार गर्न खोज्दा एक समूहले विरोधको आवाज उठायो’, शाक्यले गुनासो गर्नुभयो, ‘स्थानीय सम्पदाको संरक्षणमा राजनीतिक भावनाभन्दा माथि उठेर सबै एकजुट हुन सक्नुपर्छ ।’
कार्यक्रममा महानगर प्रमुख शाक्यको साथमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालभाषाको साँगितिक एल्बम ‘चःमति ज्याथ क्यब’ को लोकार्पण गर्नुभयो ।
एल्बममा चःमति नेवाः खलःका अध्यक्ष साथमा नेपालभाषाको कला क्षेत्रका चर्चित कलाकार पूर्णकाजि ज्यापुको एकल रचना रहेको छ ।
कार्यक्रममा वहालवाला मन्त्रीको एकल कन्सर्ट गर्दै विश्व रेकर्ड राख्न सफल सहरी विकास मन्त्री मानन्धरलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा मन्त्री मानन्धर, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ गायक जुजुकाजी रंजीत लगायतले विमोचित एल्बमको बारे आआफ्नो विचार राखेका थिए ।
Categorized in पेजथ्री