arin enterprises

म्यानसिटीले म्यानयुसँगको दुरी १० अङ्कले बढायो

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण ६, बिहिबार

ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध जित हासिल गरेको छ । म्यानसिटीले एभर्टनलाई उसकै मैदान गुडिसन पार्कमा भएको खेलम ३–१ ले हराएको हो ।

खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानसिटीलाई अग्रता दिलाए । ३७ औं मिनेटमा एभर्टनका रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

६३ औं मिनेटमा रियाम माहरेजको गोलसँगै म्यानसिटी फेरी अघि बढ्यो र ७७ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै म्यानसिटीको जित सुनिश्चित बनाए ।

जितसँगै शिर्ष स्थानको म्यानसिटीले दोश्रो स्थानको म्यानचेस्टर युनाईटेडसँगको दुरी १० अङ्कले फराकिलो बनाएको छ ।

म्यानसिटीको २४ खेलबाट ५६ अङ्क भएको छ भने म्यानयुको समान २४ खेलबाट ४६ अङ्कक छ । तेश्रो स्थानको लेस्टर सिटीले पनि २४ वटै खेल खेलेर ४६ अङ्क नै बटुलेको छ । 

Categorized in स्पाेर्ट्स