arin enterprises

युद्धविराम गर्न भारत पाकिस्तानबीच सहमति

SamacharDesk – बिकाश | २०७७ फाल्गुण १३, बिहिबार

भारत र पाकिस्तानका सेनाबीच २४–२५ फेब्रुअरीबाट नियन्त्रण रेखा र अन्य इलाकाहरुमा युद्धविराम गर्न सहमति भएको छ । दुवै

देशका सेनाबीच भएको वार्तामा २४–२५ फेब्रुअरीको मध्यरातबाट युद्धविराम गर्न सहमति भएको हो ।

दुवै पक्षबाट नियन्त्रण रेखामा लगातार संघर्ष विरामको उल्लंघन भइरहँदा दुइ देशका सेनाहरुको सैन्य अभियानका महानिर्देशकबीच वार्ता भएको हो ।

वार्ताको क्रममा दुवै देशका सेनाहरुले नियन्त्रण रेखा र अन्य सबै सेक्टर्सहरुमा परिस्थितीको समीक्षा समेत गरे ।

नियन्त्रण रेखामा दुई देशका सेनाहरुबाछ गोली हानाहान चलिरहँदा आसपासका गाउँहरु नराम्ररी प्रभावित भइरहेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय