arin enterprises

‘जुल रे जुल’ म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७७ फाल्गुण १५, शनिबार

कला र संगीतको माध्यमबाट मातृभाषाको सेवामा लागेका कलाकारहरुको भावनालाई दर्शक र श्रोताले बुझ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार साथै निर्देशक रामकृष्ण खड्गीले वर्तमान समयमा थुप्रै नेवाः कलाकारहरु कुनै आर्थिक लाभको आशा नगरी मातृभाषाको सेवा गर्ने भावनाले यस क्षेत्रमा लागेको बताउनुभयो ।

‘केही कलाकारहरुले युट्युब लगायत विभिन्न माध्यमबाट आर्थिक लाभ पनि लिएका होलान्, तर धेरैले यसबाट कुनै आम्दानी गर्ने आशासम्म पनि राखेका छ्रैनन्’, निर्देशक खड्गीले भने । ‘दर्शक श्रोताले यस्तो भावनाको सम्मान गरिदिनुपर्छ ।’

कार्यक्रममा बीरेन्द्र महर्जन र सुमित्रा महर्जनबाट गाइएको गीत ‘जुल रे जुल’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

चण्डेश्वर महर्जनको रचनालाई सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । त्यस्तै रामकृष्णले निर्देशन गरेको गीतको छायाङ्कन रक्की महर्जनले गरेका छन् भन् दृश्य सम्पादन बालकृष्ण वंशीले गरेका छन् ।

कार्यक्रममा गीतका गायिक, गायिका, रचनाकार, संगीतकारको साथै दृश्य सम्पादक, कलाकार, छायाङ्कारले आआफ्नो अनुभव बाँडेका थिए ।

Categorized in पेजथ्री