नेकपा विवाद निरुपण गर्न पूर्व प्रमुख आयुक्तहरुबाट ध्यानाकर्षण
SamacharDesk – बिकाश | २०७७ फाल्गुण २०, बिहिबार

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलख बहादुर गुरुङले संयुक्त विज्ञप्ती जारी गर्दै आयोगको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तीमा राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनी आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठाइएकोमा आफुहरुलाई गम्भीर बनाएको बताइएको छ ।
आयोग अनिर्णयको वन्दि रहँदा त्यसले मूलुकको राजनीतिक प्रक्रियामा गम्भीर असर पर्न सक्ने समेत विज्ञप्तीमा लेखिएको छ ।
यसले आयोगको शाखमा समेत पर्न सक्ने असरलाई विचार गरी प्रचलित कानून र स्थापित नजीरहरुका आधारमा यथाशिघ्र निर्णय दिन पूर्व प्रमुख आयुक्तहरुले आग्रह गरेका छन् ।
