arin enterprises

साविक विजेता लिभरपुलको खराब प्रदर्शन जारी

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण २१, शुक्रबार

इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलको खराब प्रदर्शन कायमै छ ।

गएराति आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले हारेको छ । खेलको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको गोलले नै चेल्सीको जितको निर्णय गरिदियो ।

यो जितपछि चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै चौथौं स्थानमा छ भने लिभरपुल समान २७ खेल खेल्दै ४३ अंक जोडेर सातौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गतकै अन्य खेलहरुमा टोटनह्याम हट्सपरले पनि फुलहमलाई १–० ले नै हराएको छ । टोटनह्यामलाई जित भने फुलहमले उपहार दिएको थियो । खेलको १९ औं मिनेटमा फुलहमका तोसिन एडाराबाइयोले गरेको आत्मघाती गोलबाट नै टोटनह्यामले खेल जितेको हो ।

त्यस्तै एभर्टनले पनि वेस्ट ब्रोममाथि १–० कै जित निकालेको छ । एभर्टनलाई जित दिलाउन खेलको ६५ औं मिनेटमा रिचार्लिसनले निर्णायक गोल गरे । 

Categorized in स्पाेर्ट्स