arin enterprises

रोनाल्डोको ह्याट्रिकसँगै क्याग्लिएरीमाथि जुभेन्टसको जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ चैत्र २, सोमबार

ईटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा जुभेन्टसले काग्लिएरीलाई पराजित गरेको छ । पाहुना टोली जुभेन्टसले क्याग्लिएरीलाई उसकै मैदान सारदेग्ना एरेनामा ३–१ गोलले पराजित गरेको हो ।

जुभेन्टसलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । क्याग्लिएरीका लागि जियोभानि सिमियोनीले एक गोल फर्काए ।

रोनाल्डोले खेलको ३२ मिनेटभित्रै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

खेलको १० औं मिनेटमै टिमलाई अग्रता दिलाएका रोनाल्डोले २५ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै जुभेन्टसको अग्रता दोब्बर बनाए । ३२ औं मिनेटमा फेरी अर्को गोल थपेर ह्याट्रिक पूरा गरे ।

क्याग्लिएरीका सिमियोनीले ६१ औं मिनेटमा एक गोलको सान्त्वना दिए ।

योसँगै रोनाल्डोले सर्वाधिक गोलको पेलेको रेकर्ड तोडेका छन् ।

सिरी ए अन्तर्गत गए रातिको खेलहरुपछि जुभेन्टस २६ खेलबाट ५५ अङ्क जोड्दै तेश्रो स्थानमा छ । शिर्ष स्थानको इन्टर मिलानको २७ खेलबाट ६५ अङ्क रहेको छ भने मिलानले समान २७ खेल खेल्दै ५६ अङ्क जोडेर दोश्रो स्थानमा छ ।

गए राति नै सम्पन्न खेलमा नापोलीले मिलानलाई १–० गोलले हराएको छ । 

Categorized in स्पाेर्ट्स