arin enterprises

रोनाल्डोले पेलेको रेकर्ड तोडे

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ चैत्र २, सोमबार

क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका छन् ।

औपचारिक खेलमा ७ सय ७० गोल पुयाउँदै रोनाल्डोले सर्वाधिक गोलको कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो ।

पेलेले आफ्नो खेल जीवनको औपचारिक खेलमा ७ सय ६७ गोल गरेका छन् । ईटालियन सिरि एमा गए राति क्याग्लिएरीविरुद्धको खेलमा ह्याट्रिक गर्दै रोनाल्डोले कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।

आफ्नो कीर्तिमान तोडेसँगै कालो हिरा भनेर चिनिने फुटबल जगतका हस्ती खेलाडी पेलेले रोनाल्डोलाई बधाई दिएका छन् । रोनाल्डोले पनि पेलेप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

Categorized in स्पाेर्ट्स