आसकुति २१ गते रिलिज हुने
SamacharDesk – बिराज | २०७७ चैत्र २, सोमबार

नेपालभाषाको चलचित्र आसकुतिको प्रिमियर आउँदो चैत्र २१ गते शनिबारका दिन रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी आयाम फिल्म्सले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २१ गते चलचित्र रिलिजको मिति सार्वजनिक गरेको हो । प
त्रकार सम्मेलनमा २१ गते काठमाडौंको सुन्धारास्थित सिटिसि मलमा विशेष शो गर्दै चलचित्र रिलिज गर्न लागेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक सुरेन्द्र तुलाधरले नेपालभाषाको चलचित्र क्षेत्रलाई स्तरिय र ब्यवसायिक रुपमा विकास गर्नुपर्नुे चुनौती औंल्याउँदै यसको लागि नेवाः समुदाय आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ सिने पत्रकार साथै नेपालभाषाका प्रथम म्यूजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले मातृभाषी चलचित्र क्षेत्रको उत्थानको लागि राज्यले विशेष प्याकेजकै माग गर्नुभयो ।
फिल्म वितरक गोपालकाजी कायस्थले लकडाउन र कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई गति दिन आयाम फिल्म्स टिमले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
साेही कार्यक्रममा चलचित्रकाे टिजर पनि रिलिज गरिएकाे थियाे ।
चलचित्र आसकुतिमा नेपालभाषा चलचित्र क्षेत्रका स्टार कलाकार सुरज ब्यञ्जनकार, कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापितका साथै रामराजा भाम, रञ्जना सिथिखु, लगायतको मुख्य भूमिका रहेको छ । छायाङ्कन र दृश्य सम्पादन अमर चित्रकारले गरेका छन् भने संगीत नील शाक्यको रहेको छ ।
Categorized in पेजथ्री