साविक विजेता लिभरपुल छैठाैं स्थानमा उक्लियो
SamacharDesk – Aakash Rajopadhyaya | २०७७ चैत्र ३, मंगलबार

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
सोमबार राति वुल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोलले पराजित गरेपछि छैठौं स्थानमा उक्लिएको हो ।
खेलमा डिओगो जोटाले पहिलो हाफको इन्जुरी समयको दोश्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले साडियो मानेको पासमा गोल गरेका थिए ।
यो जितसँगै लिभरपुलको २९ खेलबाट ४६ अंक छ । गएरातिको खेलपछि लिगको अङ्क तालिकामा म्यानचेस्टर युनाइटेड २९ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा भने म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अंकले पहिलो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स