म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ६, शुक्रबार

क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ गोलले पराजित गरि अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पहिले लेगमा १–१ को बराबरीमा रोकिएको थियो । बिहीबार भएको दोस्रो लेगमा म्यानचेस्टरले एसी मिलानलाई १–० ले हरायो ।
मिलानको घरेलु मैदान सैन सिरो स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि पाउल पोग्बाले खेलको ४८औं मिनेटमा गोल गरेका थिए ।
Categorized in स्पाेर्ट्स
