arin enterprises

बार्सिलोनाको फराकिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ९, सोमबार

स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले रियल सोसिदाद माथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार राती भएको खेलमा बर्सिलोनाले रियल सोसिदाद माथि ६–१ गोलको फराकिलो जित हासिल गरेको हो ।

सोसिएदादको घरेलु मैदान एनोएतामा भएको खेलको ३७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको बार्सिलोनालाई अग्रता दिलायो ।

सर्जिनो डेस्टले ४३ औं मिनेटमा अग्रता दोव्वर पारे । ५३ औं मिनेटमा सर्जिनो डेस्टले टिमको लागि तेस्रो र आफ्नो दोस्रो व्यक्तिगत गोल गर्दै बार्सिलोनालाई ३–०को नतिजा दिलाए ।

५६औं मिनेटमा कप्तान मेस्सीले गोल गरे त्यस्तै ७१ औं मिनेटमा डेम्बेले बार्साको लागि अर्को गोल थपे ।

७६ औं मिनेटमा सोसिदादका लागि एंडरले सान्त्वना एक गोल गरे ।

खेलको ८९ औं मिनेटमा फेरी कप्तान मेस्सीले गोल गर्दै बार्सालाई ६–१ गोलको फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सा पुनः दोस्रो स्थानमा उक्लिएको छ । बार्साको २८ खेलबाट ६२ अङ्क छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको समान  खेलबाट बार्साभन्दा २ अङ्कमात्रले पछाडी छ ।

शिर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले समान २८ खेल खेलेबाट बार्साभन्दा ४ अङ्क बढि ६६ अङ्क जोडेको छ । 

 

Categorized in स्पाेर्ट्स