विश्वकप छनौटमा : जर्मनी, इटाली, इंग्ल्यान्ड र स्विडेन विजयी, स्पेन बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १३, शुक्रबार

विश्वकप २०२२ को युरोपियन छनौटमा जर्मनी, इटाली, इंग्ल्यान्ड र स्विडेन विजयी भएका छन् ।
बिहिबार राति जर्मनीको घरेलु मैदानमा खेलेको खेलमा जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको छ ।
समूहमा जे को खेलमा जर्मनीका लागि गोरेज्काले खेल सरु भएको दोश्राे मिनेटमा, हाभर्ट्जले ७ औँ र गुन्डोआनले ५६ औँ मिनेटमा गोल गरे ।
इटालीले उत्तरी आयरल्यान्डलाई २–० गोलले पराजित गरेको छ ।
बिहिबार राति इटालीको घरेलु मैदानमा खेलेको समूह सी को खेलमा इटालीका लागि बेरान्डीले १४ औं मिनेट र इमोबिनले ३८औं मिनेटमा गोल गरेका थिए ।
यता इंग्ल्यान्डले सान मारियोमाथि ५–० को सान्दार जित निकालेको छ ।
गएराति इंग्ल्यान्डको घरेलु मैदानमा खेलेको समूह आइ को खेलमा इंग्ल्यान्डका लगि कल्भर्ट लेविनले दुई गोल गरे । उनले २२ औं र ५३ औं मिनेटमा गोल गरेका थिए भने वार्ड प्रोसले १४ औं मिनेटमा, स्टर्लिङले ३१ औं मिनेटमा र वाट्किन्सले ८३ औं मिनेटमा एक–एक गोल थपे ।
त्यस्तै अर्को खेलमा स्विडेनले जर्जियालाई १–० गोलले पराजित गर्यो ।
स्विडेनको घरेलु मैदानमा खेलेको खेलमा क्लासेनले ३५औं मिनेटमा गोल गरे । उनलाई गोल गर्न इब्राहिमोभिचले पास दिएका थिए ।
यहि समूहको अर्को खेलमा स्पेन र ग्रिस १–१ गोलको बराबरीमा रोकिएको छ ।
स्पेनको घरेलु मैदानमा खेलिएको खेलको ३३ मिनेटमा मोराटाले गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए । तर ५६ औं मिनेटमा ग्रिसका बाकासेटासले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
बाकि समयमा थप गोल हुन नसक्दा खेल बराबरीमै रोकिएको हो । बराबरी पछि स्पेनले समुह बी मा अंक बाँडेकाे छ ।
Categorized in स्पाेर्ट्स
