हातमा चोट लाग्दा कप्तान इयान मोर्गान र साम बिलिंगसले भारतविरुद्धको बाँकी दुई खेल गुमाउने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १३, शुक्रबार

इंग्ल्यान्डका कप्तान इयान मोर्गानले हातमा चोट लागेका कारण भारतविरुद्धको एकदिवसीय सिरिजको बाँकी दुई खेल गुमाउने भएका छन् ।
गत मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा फिल्डिंग गर्ने क्रममा हातमा चोट लागेको हो ।
त्यस्तै शुक्रबार हुने खेलअघि साम बिलिंगसको पनि काँधमा चोट लागेको छ । जसकारण उनले पनि दोस्रो खेल गुमाउने भएका छन् ।
मोर्गनको अनुपस्थितिमा अब जोस बटलरले इंग्ल्यान्डको कप्तानी सम्हाल्ने छ ।
इंग्ल्यान्ड र भारतबीच दोस्रो एकदिवसीय शुक्रबार तथा अन्तिम तथा तेस्रो खेल आइतबार हुनेछ ।
पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गर्दै सिरिजमा १–० ले अग्रता लिएको अवस्था छ ।
Categorized in स्पाेर्ट्स
