जापानको राष्ट्रिय फुल अब नेपालमा फुल्ने
SamacharDesk – सोसियल ब्यूरो | २०७५ माघ २०, आइतबार

पर्यटन प्रवद्र्धनको उद्देश्यले किर्तिपुरमा जापानको राष्ट्रिय फुल साकुरा रोपिएको छ । शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट ल्याएइको ५० वटा साकुरा फूलको विरुवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा प्रतिनिधिसभाका सभासद् कृष्णगोपाल श्रेष्ठ तथा नेपालका लागि जापानी कार्यबाहक राजदूत योशिका युजोको उपस्थितिमा वृक्षारोपण गरिएको हो । जापानको खाइके शहरको लाइफ सेविङ क्लवका प्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरुले वृक्षारोपण गरेका हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्ति, संघसंस्था र कलाकारहरुको समेत उपस्थिती थियो । सो अवसरमा हाल म्यूजिक भिडियो साथमा चलचित्रहरुमा समेत सक्रिय कलाकार रुपेन्द्र श्रेष्ठको पनि सक्रिय सहभागीता रहेको थियो ।
कीर्तिपुर सिमानामा पर्ने सो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल साकुराको बृक्षारोपन गरिएको जानकारी कलाकार श्रेष्ठले दिनुभयो ।
