arin enterprises

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिको अग्रता

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २५, बुधबार

युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिले अग्रता बनाएको छ ।

गयराति भएको खेलमा रियलले लिभरपुल माथि ३–१ को अग्रता बनाएको हो ।

घरेलु मैदानमा खेलेको रियलको लागि भिनिसियस जुनियरले पहिलो गोल गरे । उनले २७ औं मिनेटमा गोल गरेको थियो ।

३६ औं मिनेटमा मार्को असेन्सियाले गोल गर्दै अग्रता दोव्वर पारे  ।

मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल फर्काए । 

भिनिसियस जुनियरले ६५ औ मिनेटमा रियलको लागि तेस्रो र आफ्नो दास्रो व्यक्तिगत गोल गरे । उनलाई गोल गर्न लुका मोद्रिचले पास उपलब्द गराएका थिए ।

त्यस्तै गएराति नै भएको खेलमा म्यानचेस्टर सिटिले जर्मनी कल्ब बोरुसिया डर्टमुन्ड माथि २–१ ले अग्रता बनाएको छ ।

घरेलु मैदानमा खेलेको सिटि केभिन डी ब्रुयनेले गरेको गोलबाट अघि बढ्यो । उनले १९औ मिनेटमा गोल गरेको थियो ।

८४औं मिनेटमा डर्टमुन्डका मार्को रियसले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

तर फिल फोडेनले ९० औं मिनेटमा गोल गरेपछि सिटिले २–१ गोलको अग्रता लिएको हो ।

अब रियल म्याड्रिड विरुद्ध लिभरपुल र म्यानचेस्टर सिटि विरुद्ध बोरुसिया डर्टमुन्डको दोस्रो लेगको खेल १५ अप्रिलमा हुने छ ।

 

 

 

 

 

 

Categorized in स्पाेर्ट्स