arin enterprises

कोलकाता नाइट राइडर्स विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ३०, सोमबार

इन्डीयन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स विजय भएको छ ।

गयराति कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै (आईपीएल) मा आफ्नो विजयी सुरूआत गरेको हो ।

टस हारेर पहिलो ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन बनाउँदै हैदारावादलाई १८८ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको हैदारावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाएपछि कोलकाताको जित निश्चित भएको हो ।

कोलकाताका लागि ओपनर नितिश रानाले सर्वाधिक रन बनाए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै ८० रन बनाएको थिए ।

ओपनर नितिश रानाले शुबमन गिलसँग पहिलो विकेटका लागि ५३ रनको ओपनिंग साझेदारी गरे । कोलकताको लागि १५ रन बनाएका गिललाई राशिद खानले बोल्ड गरे ।

त्यसपछि रानाले राहुल त्रिपाठीसँग ९३ रनको साझेदारी गरे । त्रिपाठीले मात्र २९ बलमा ५ चौका र २ छक्का मद्दतले ५३ रन बनाए । उनलाई टि नटराजनले क्याच आउट गराए ।

लगत्तै ओभरमा आन्द्रे रसेल मात्र ५ रन र कप्तान ओएन मोर्गनले २ रन मात्र बनाएर आउट भए ।

दिनेश कार्तिकले इनिंग्सको अन्तिममा आक्रामक सटहरु प्रहार गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्‍याए । उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट २२ रन बनाएका हुन् ।

यता हैदारवादका लागि मनिष पाण्डेले पाण्डेले ४४ बल खेल्दै ३ छक्का र २ चौका सहित ६१ रन बनाए ।

यसअघि जोनी बैरस्टोले ५५ रन बनाएका थिए। ४० बल खेलेका उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

त्यसबाहेक अब्दुल शामदले नटआउट १९, मोहम्मद नाबीले १४ तथा विजय शंकरले ११ रन बनाए ।

ओपनर ब्याटस्म्यान रिद्धिमान साहा ७ रनमा र कप्टान डेविड वार्नर ३ रनमा आउट भए ।

बलिङमा कोलकाताका लागि प्रशिद्ध कृष्णले २ तथा शाकिब अल हसन, पेट कुमिन्स र आन्द्रे रसलले १–१ विकेट लिए ।

सनराइजर्स हैदरावादका लागि राशिद खान  र मोहम्मद नाबीले २–२ विकेट लिए भने टि नटराजन र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए ।

Categorized in स्पाेर्ट्स