arin enterprises

पिएसजी र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १, बुधबार

फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको दोस्रो लेगमा पिएसजी र चेल्सी पराजित भएका थिए । तर दुवै टिमले पहिलो लेगमा हात पारेको सफलताका कारण अन्तिम चारमा पुगेका हुन् ।

पिएसजीले पहिलो लेगमा ३–२ ले जित हात पाको थियो ।

मंगलबार राति भएको दोस्रो लेगमा पिएसजीलाई बार्यन म्युनिखले १–० गोलले हरायो ।बार्यनका लागि मोटिङले ४० मिनेटमा गोल गरेका थिए ।

समग्रमा ३–३ को बराबरी भए हुँदा  पिएसजी घरेलु मैदानमा हारे पनि अवे गोलको आधारमा अन्तिम चारमा पुग्न सफल भयो ।

योसँगै साविक विजेता बार्यन भने अन्तिम आठबाटै बाहिरिन बाध्य भयो ।

गएराति भएको अर्को खेलमा चेल्सी पनि पराजित भयो । घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई पोर्चुगिज क्लब पोर्टोले १–० गोलले पराजित गर्‍यो ।

उसका लागि तारेमीले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका  थिए ।

पहिलो लेगमा २–० को जित हात पारेको चेल्सी समग्रमा २–१ ले अग्रता लिन्दै अन्तिम चारमा पुग्न सफल भयो ।

लिगअन्तर्गत आज राति लिभरपुल र रियल म्याड्रिड तथा बोरुसिया डर्टमुन्ड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ। 

 

Categorized in स्पाेर्ट्स