arin enterprises

अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न कामपाको अपील

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ बैशाख ३, शुक्रबार

कुनै विद्यालयमा कसैमा कोरोना संक्रमण भएको पाइएमा विद्यालय कम्तीमा एक हप्ता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाले विज्ञप्ती जारी गर्दै विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारी कोही कोरोना पोजेटि पाइएमा कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट पठनपाठन गराउन आग्रह गरेको हो ।

संक्रमण नदेखिएको अवस्थामा भने अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न गराउन पनि महानगरपालिकाले सोही विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

‘त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोगको साथै सावुन–पानीले राम्रोसँग हात धुने लगायतका स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्नु,’ कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन हुन अनुरोध छ ।’

Categorized in स्थानीय