arin enterprises

साउथ इन्डियन फिल्मका हास्य कलाकार विवेकको निधन

SamacharDesk – बिराज | २०७८ बैशाख ४, शनिबार

दक्षिण भारतीय चलचित्र क्षेत्रका लोकप्रिय कलाकार विवेकको निधन भएको छ । चेन्नईको एउटा अस्पतालमा उपचारको क्रममा आज विहान ४ः३५ मा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

छाती दुख्न थालेपछि उपचारको लागि हिजो मात्रै उनी अस्पताल भर्ना भएका थिए । उनलाई अस्पताल पुर्‍याईँदा उनी अचेत अवस्थामा थिए ।

५९ वर्षीय हास्य कलाकार विवेकले गत विहिबार मात्रै कोरोनाविरुद्ध खोप लिएको बताइएको छ ।

केही दिन अघि मात्रै उनको मुटुको एउटा धमनी पुरै बन्द भई हृदयघात भएको समाचार सार्वजनि भएको थियो । उक्त समयमा नै उनको अवस्था गम्भीर भएको र उनलाई एक्स्ट्राकोरपोरोल मेम्ब्रेन अक्सीजन (ईसीएमओ) मा राखेर उपचार भइरहेको बताइएको थियो ।

यसैबीच उनको स्वास्थ्य अवस्था र कोरोनाविरुद्धको खोपमा भने कुनै सम्वन्ध नरहेको पनि चिकित्सकहरुले स्पष्ट पारेका छन् ।

पद्मश्री पुरस्कारबाट समेत सम्मानित भइसकेको कलाकार विवेकले कैयन दक्षिण भारतीय चलचित्रहरुमा रजनीकान्त, विजय, अजित कुमार लगायतका ठुला कलाकारहरुसँग काम गरेका छन् ।

Categorized in पेजथ्री