चेल्सी एफए कपको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ५, आइतबार

चेल्सी एफए कपको फाइनलमा पुगेको छ ।
गयराति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटिलाई १–०ले पराजित गर्दै एफए कपको फाइनलमा पुगेको हो ।
वेम्बली स्टेडियममा खेलेको उक्त खेलमा चेल्सीको लागि हाकिम जीचले निर्णायक गोल गरे । हाकिमले खेलको ५५ औं मिनेटमा गोल गरेको हो ।
उनलाई गोल गर्न टिमो वर्नरले पास उपलब्द गराएको थियो ।
यो जितसँगै चेल्सी एफए कपको फाइनलमा पुग्ने पहिलो टिम हो । आजराती हुने साउथह्याम्प्टन विरुद्ध लिसेस्टर सिटीको खेलवाट दास्रो टिमको टुंगो लाग्ने छ ।
Categorized in स्पाेर्ट्स