arin enterprises

विद्यालय बन्द गर्ने सरकारको निर्णय

SamacharDesk – बिराज | २०७८ बैशाख ६, सोमबार

सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर जोखिम क्षेत्रका विद्यालयहरु हाललाई बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाईरस (कोभिड १९) बाट बढि प्रभावित सहरी क्षेत्रका विद्यालयहरु वैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सञ्चालन हुने बताइएको छ ।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

यसको साथै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको छ । सिनेमा हल, पार्टी प्यालेस, रंगशाला जिमखाना, रात्रीकालीन व्यवसाय लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय मन्त्रीपरिषदको वैठकले गरेको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सञ्चालन गर्न भने पाइने जनाइएको छ ।

Categorized in राष्ट्रिय