arin enterprises

रियल म्याड्रिड बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १२, आइतबार

 स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा रियल म्याड्रिड  रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै रियल म्याड्रिडको उपाधि यात्रामा धक्का लागेको छ ।

यो बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २ अंकले पछि परेको छ भने तेस्रो स्थानको बार्सिलोनाको रियल भन्दा ३ अंक कम छ ।

तर बार्सिलोनाले रियल भन्दा दुई खेल कम खेलेको छ । यदि यो आगामी दुवै खेलमा जित हात पारे बार्सिलोनाले रियललाई पछि पार्नेछ ।

एट्लेटिको ३२ खेलबाट ७३ अंक सहित अंक तालिकाको शीर्ष स्थान छ ।

दोस्रो स्थानको रियलको ३३ खेलबाट ७१ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६८ अंक रहेको छ ।

Categorized in स्पाेर्ट्स