म्यानचेस्टर सिटीले जित्यो इंग्लिस फुटबल लिग कपको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १३, सोमबार

म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको उपाधि जितेको छ ।
आइतबार राति भएको उपाधि भिडन्तमा सिटीले टोटेनहमलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
सिटिको लागि लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । उनलाई गोल गर्न केभिन डि ब्रुइनेले पास उपलब्ध गराएका थिए ।
यो सिटीले आठौं पटक लिग कपको उपाधि जितेको हो । जससँगै उसले सर्वाधिक उपाधि जित्ने लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ ।
Categorized in स्पाेर्ट्स
