सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १६, बिहिबार

आईपीएलमा चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लिएको हो ।
हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्यो ।
चैन्नाईका लागि ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गरे । उनले ४४ बलमा १२ चौकासहित ७५ रन बनाए ।
अर्का ओपनर फाप डु प्लेसिसले ३८ बलमा १ छक्का र ६ चौकाको सहित ५६ रन बनाउँदा मोइन अलीले १५, सुरेश रैनाले १७ र रवीन्द्र जडेजाले अविजित सात रनको योगदान दिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
चेन्नाईका लागि कप्तान डेविड वार्नरले ५५ बलमा २ छक्का र ३ चौकासहित ५७ रन र मनिष पाण्डेले ४६ बलमा ५ चौका र १ छक्काको प्रहार गर्दै ६१ रन बनाए ।
त्यस्तै केन विलियम्सनले १० बलमा ४ चौका र १ छक्कासहित नटआउट २६ रन बनाए । केदार जाधव १२ रनमा नटआउट रहँदा जोनी बेयरिस्टो भने ७ रनमै आउट भए ।
बलिङमा चेन्नईका लागि लुंगि एनगिडीले २ र साम करनले १ विकेट लिए । हैदरावादका लागि राशिद खानले तीन ओभरमा ३६ रन दिएर तीन विकेट लिए भने बाँकी बलरहरुले विकेट लिन सकेनन् ।
यो जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै हैदराबादले भने ६ खेलमा २ अंकले अंक तालिकाको पुछारमा छ ।
Categorized in स्पाेर्ट्स