arin enterprises

मुम्बई इन्डियन्सको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १७, शुक्रबार

आइपिएलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ ।

बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित हासि गरेको हो ।

टस हारेर पहिलो ब्याटिंग गरेको राजस्थानले दिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाई मुम्बईलाई १७२ रनको लक्ष्य दिएको थियो ।

राजस्थानका लागि जोस बटलरले ४१ रन, कप्तान सन्जु सामसनले ४२ रन, शिवम दुबेले ३५ रन र यशस्वी जैसवालले ३२ रनको योगदान दिए ।

१७२ रनको लक्ष्य  पछ्याएको मुम्बईले ३ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्‍यो ।

मुम्बईका लागि ओपनिङ ब्याट्सम्यान क्वान्टन डे ककले ५० बलमा ६ चौका र २ छक्का नटआउट ७० रन जोडे ।

त्यस्तै ओपनर तथा कप्तान रोहित शर्मा १४ रन र सूर्यकुमार यादवले १६ रन मात्र जोड्न सके । क्रुनाल पाण्ड्याले २६ बलमा ३९ रन जोडे भने केइरन पोलार्डले ८ बलमा नटआउट १६ रन जोडे ।

बलिङमा मुम्बईका राहुल चाहरले २ विकेट लिए भने टे«न्ट बोल्ट र जस्प्रित बुम्राहले १–१ लिए । राजस्थानका क्रिस मोरिसले २ र मुस्ताफिजूर रहमानले १ विकेट लिए।

मुम्बई अंक तालिकामा ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा छ भने राजस्थान ६ खेलमा ४ अंकसहित सातौं स्थानमा छ । 

 

Categorized in स्पाेर्ट्स