कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण
SamacharDesk – बिराज | २०७८ बैशाख २०, सोमबार

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै शर्माले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो पोजेटिभ’ शर्माले लेखेका छन् ।
शर्माले आफुलाई लक्षणले च्यापेको तर मनोबल भने उच्च रहेको लेखेका छन् । उनी हाल डेरामै होम आइसोलेसन बसेका छन् ।
टेकुका डा अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको पनि उहाँले जानकारी गराउनुभएको छ ।
सोही ट्वीटमार्फत शर्माले सबैलाई सजग रहन आग्रह समेत गर्नुभएको छ ।
Categorized in राजनीतिज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021
सबैलाई विनम्र आग्रह छ - सजग बनौं !
