arin enterprises

इन्टरनेशल कोरीयोग्राफर फैजु अन्तर्राष्ट्रिय निर्णायक पनि

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख ६, शुक्रबार

इन्टरनेशनल कोरीयोग्राफर राज फैजु अब अन्तर्राष्ट्रिय कोरीयोग्राफरको रुपमा पनि चिनिने भएका छन् । विदेशी भूमिमा हुन गइरहेको व्यूटि पेजेन्टमा निर्णायक बन्ने निश्चित भएसँगै फैजुलाई अन्तर्राष्ट्रिय निर्णायक पनि भन्न सकिने भएको हो ।

आगामी जुनमा इन्डोनेसियाको बालीमा हुन गइरहेको सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै निर्णायक मण्डलमा बस्न लागेका हुन् । इन्डोनेसियाको बाली शहर अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सौन्दर्य प्रतियोगीताहरु हुने भूमिमध्येमा पर्छ ।

आयोजक संस्थाबाट निर्णायक बन्नका लागि अवसर निमन्त्रणा आएको जानकारी दिँदै फैजुले कार्यक्रमको नाम भने खुलाउन चाहेनन् । ‘जुनमा कार्यक्रमको बारे जानकारी दिनेछु । अहिलेलाई केही सस्पेन्स राखौं न है’ हाँस्दै फैजुले भने ।

यो प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै आफु निर्णायक बन्न पाएकोमा आफ्नो क्षेत्रबाट देशको लागी केही गरेको महसूस भइरहेको फैजुले बताए । ‘यो मेरो व्यक्तिगत खुसीको विषयको रुपमा मैले लिएको छैन । अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा त्यहाँ एकजना नेपाली निर्णायक मण्डलमा हुनेछ । खुसीको कुरा त यो हो’ फैजुको भनाई थियो ।

रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका संस्थापक निर्देशक समेत रहेका अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु विगत एक दशकभन्दा वढि समयदेखि ईभेन्ट म्यानेजमेन्टका साथमा कोरीयोग्राफीमा निरन्तर रुपमा सक्रिय रहँदै आएका छन् ।

बालबालिकाको साथमा युवती र गृहिणीहरुको समेत प्रतिभा उजागर उद्देश्य सहित फैजुल वर्षेनी थुप्रै पेजेन्टहरु काठमाडौंको साथै काभ्रे, नेपालगंज, कोहलपुर लगायत विभिन्न स्थानमा आफैले आयोजना पनि गर्दै आएका छन् ।

मोडलिङ गर्दै यस क्षेत्रमा संघर्ष थालेका राजले हालसम्म पनि मोडलिङलाई पनि निरन्तरता दिइरहेका छन् । अचेल मोडलको रुपमा त निकै कम देख्न पाइन्छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मोडलिङको सवालमा अहिले अलि कन्जुस्याईं नै गरेको हो । केहि सेलेक्टेड प्रोजेक्टमात्र गर्ने गरेको छु’ राजले थप्दै भन्नुभयो, ‘अहिले आफु अगाडी आउनुभन्दा नयाँ प्रतिभालाई अगाडी बढाउनमा बढि केन्द्रित भएको छु ।’

Categorized in पेजथ्री