लिटिल र टिनको ट्यालेन्ट राउन्ड सम्पन्न
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख ७, शनिबार

नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र चौथो टिन प्रिन्सेज डिभाको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.बाट आयोजना हुन लागेको प्रतियोगीताको ट्यालेन्ट राउन्ड शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।
दुवै प्रतियोगीताका प्रतियोगीहरुले नृत्य, गायन, वाद्यवादन, वक्तृत्व कला लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउन्डको निर्णायक मण्डलमा सोहन मानन्धर, दीपेन्द्र केसी, सिसिर सिवाकोटी, अनुप डंगोल, रुविला श्रेष्ठ र प्रियंका पाठक सम्मिलित थिए ।
ट्यालेन्ट राउन्डको विजेता घोषणा भने प्रतियोगीताको फाइनल राउन्डमा हुनेछ । नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ को ज्येष्ठ ३ गते र चौथो टिन प्रिन्सेज डिभा २०१९ को ज्येष्ठ १० गते फाइनल राउन्ड काठमाडौंमा हुनेछ ।
नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेजमा ५७ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । १५० जना आवदेक बीच अडिसनबाट ५७ जना अन्तिम स्पर्धाका लागि छानिएका थिए ।
त्यसैगरी चौथो टिन प्रिन्सेज डिभाको लागी ७० जना आवेदकहरु बीच २२ जना अन्तिम स्पर्धाका लागि छानिएका हुन् ।
दुवै प्रतियोगीताको लागि कोरीयोग्राफी रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका छन् भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुको रहेको छ ।
Categorized in पेजथ्री