arin enterprises

परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ आषाढ २०, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् ।

हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका छन् ।

पछिल्लो पटक २ हजार ५५२ जना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना संक्रमण निको हुनेको कुल संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।

हाल २६ हजार १७९ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसमा उपचाररत २ हजार ९५१ मध्ये ६०८ जना आइसीयूमा छन् भने १८१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप २७ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको ९ हजार २२५ पुगेको छ ।

Categorized in राष्ट्रिय