लिटिल एन्ड टिनको तयारी अन्तिम चरणमा
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख २१, शनिबार

लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो वैसाख २८ गते बाँकेको कोहलपुरमा हुन गइरहेको प्रतियोगीताको अन्तिम चरणको तयारी भइरहेको हो ।
अन्तिम चरणको तयारीमा एकातिर प्रतिस्पर्धीहरुलाई विभिन्न चरणका तालीमहरु तीव्र रुपमा भइरहेका छन् भने मञ्चको तयारी पनि जोडतोडले भइरहेको छ ।
प्रतिस्पर्धीहरुको तयारी अन्तर्गत उनीहरुलाई व्यक्तित्व विकास, क्याटवाक, जीवनशैली, वौद्धिक विकासका लागि व्यवहारिक शिक्षा र प्रयोगात्मक अभ्यास, नृत्य मास कम्यूनिकेशन आदिको तालीम त अडिसन लगत्तै शुरु भएको थियो । अहिले सबै तालीमको व्यवहारिक अभ्यासमा बढि जोड दिइएको छ ।
प्रतिस्पर्धीहरुको कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चलाई समेत लक्षित गरेर कोरीयोग्राफी र अन्य तालीमहरु दिइएको कोरीयोग्राफर फैजुले बताउनुभयो ।
साथमा मञ्च सजावटको परिकल्पनालाई साकार रुप दिने कार्य पनि अगाडी बढिरहेको छ । मञ्चलाई आकर्षक बनाउन रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका संस्थापक निर्देशक राज फैजुको साथमा दिके ईभेन्ट म्यानेजमेन्टका डाइरेक्टर दिपेन्द्र केसी लागिरहेका छन् ।
प्रतियोगीतको आयोजना दिके इभेन्ट म्यानेजमेन्टले गरेको छ भने कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले गरेको छ ।
Categorized in पेजथ्री