आर्जेन रोबिनद्वारा सन्यास घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ३१, बिहिबार

नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो ।
उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने निर्णय गरे, मलाई समर्थन गर्नु हुने सम्पूर्णलाई धन्यवाद,’ भन्दै लेखेका छन् ।
चेल्सी, रियल म्याड्रिड पूर्व खेलाडी समेत रहेका रोबिनले २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए । उनले बायर्न छाडेपछि सन्यास घोषणा गरेको हो । तर, सन्यास फिर्ता लिँदै उनी फुटबल जीवनमा फर्किएका थिए ।
पछिल्लो सिजन उनले घरेलु क्लब ग्रोनिनजेनबाट खेलेका थिए । जसबाट उनले गत सिजन ७ खेल मात्र खेलेका थिए ।
रोबिनले बयार्नका लागि ३०९ खेलमा १४४ गोल गरेका छन् ।
यस्तै नेदरल्यान्ड्सका लागि ९६ खेलमा खेल्दा ३७ गोल गरेका रोबिनले सन् २०१७ बाट अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।
Categorized in स्पाेर्ट्सBeste voetbalvrienden,
— Arjen Robben (@ArjenRobben) July 15, 2021
Ik heb besloten om te stoppen met mijn actieve voetbalcarrière. Een heel moeilijke keuze. Ik wil iedereen bedanken voor alle hartverwarmende steun!
Groetjes, Arjen pic.twitter.com/aAEdxdL5tU
