गर्भवती प्रियंकाको आलोचना बढ्दै
SamacharDesk – बिकाश | २०७८ श्रावण ६, बुधबार

एक महिलाको लागि गर्भावस्था निकै महत्वपूर्ण समय हो । प्रश्रव पीडा सहनु परेपनि आमा बन्नु हरेक महिलाको लागि जीवनकै सबैभन्दा सुखद र खुसीको क्षण हुने गर्दछ ।
त्योभन्दा अघि कौतुहलता, उत्सुकता र केही भयले भरिएको गर्भावस्थाको समय पनि कम खुसीको क्षण हुन्न । यो समयले गर्भ बोकेकी आमा र पिताकालागि समेत निकै खुसी दिइरहेको हुन्छ ।
हाल यस्तो अवस्थामा सामाजिक संजालमार्फत आफ्नो खुसी व्यक्त गर्ने एउटा चलन भनौं अथवा फेसन जस्तै बनिसकेको छ ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की पनि अहिले गर्भवती छिन् । उनी पनि यस्तै उत्सुकता र खुसीले भरिएको क्षणमा छिन् । यस्तो अवस्थामा उनले आफ्नो फुलेको पेटको प्रदर्शन गर्दै विभिन्न फोटोहरु सामाजिक संजालमा पोस्ट गर्ने गरेकी छन् ।
प्रियंकाको फेसबुक पेज अहिले पुरै उनकै गर्भवती फोटो र बेबी सावर लगायत गर्भावस्थाका विभिन्न क्रियाकलापले भरिएका छन् । उनको यस्तो फोटोहरु निकै भाइरल पनि बनिरहेको छ ।
हालै पनि स्वीमिङ सुटमा उनको यस्तै फोटो सामाजिक संजाल र संचारमाध्यममा समेत चर्चाको विषय बनिरहेको छ ।
शुरु शुरुमा उनको यस्तो फोटोहरु पोस्ट हुँदा बधाईको ओइरो लागेको थियो भने हाल आएर यसै विषयमा उनको आलोचना पनि निकै बढ्न थालेको छ ।
बच्चा बोकेको पेटको प्रदर्शन अब अत्ति हुन थालेको भन्दै आम सर्वसाधारणले भने उनको आलोचना गर्न थालेका छन् ।
कतिले प्रियंका दुनियामा आमा बन्न लागेकी पहिलो महिला नभएको भन्दै उनको व्यवहार भड्किलो भएका टिप्पणी गरेका छन् । प्रियंकाकै शैलीमा व्यङ्गात्मक फोटो पोस्ट गरेरसमेत प्रियंकाको खिल्ली उडाइएको पनि छ ।
प्रियंकाको आलोचनामा पुरुषहरु मात्र होइन, महिलाहरुसमेत देखिन्छन् । महिलाहरुलेसमेत प्रियंकाले निर्लज्ज व्यवहार देखाएको भन्दै लाजलाई छोपेर, लुकाएर राख्न सुझाएका छन् ।
Categorized in पेजथ्री