भारतको सौन्दर्य प्रतियोगीताका प्रतियोगीलाई रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ
SamacharDesk – बिराज | २०७८ श्रावण १३, बुधबार

नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् ।
म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर शाक्यले अनलाइनमार्फत् ग्रुमिङ सेसन सम्पन्न गरेका हुन् ।
हालै मात्र गुगलमीटको माध्यमबाट सम्पन्न सेसन विशेष स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा केन्द्रित रहेको थियो ।
सेसनपछि सहभागिहरुले ग्रुमिङ कक्षा निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए ।
प्रतियोगिताका सहभागि प्रणालीले सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रहेको बताए ।
अर्की सहभागि गौरी ठोरतका सेसनको अनुभव सुनाउँदै आफूभित्रको सकरात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको बताइन् ।
मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा संचालन हुन लागेको प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले भारतलाई प्रतिनिधित्व गर्दै ईप्लानेट प्रा.लि.को ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस्मा भारतको तर्फबाट सहभागिता जनाउने छिन् ।
Categorized in पेजथ्री