प्रियंकाले जितिन् लिटिल प्रिन्सेजको ताज
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ २, बिहिबार

लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ मा लिटिल प्रिन्सेजको उपाधी प्रियंका भुजेलले जितेकी छन् । गत शनिबार कोहलपुरमा सम्पन्न प्रतियोगीतामा लिटिल प्रिन्स इन्टरनेशनलको उपाधी रजल तामाङको हात पर्यो भने टिन प्रिन्सेज इन्टरनेशनलको ताज संजिता अधिकारीको पोल्टामा पर्यो ।
२५ जना टिन तथा लिटिल प्रतिस्पर्धीहरुबीचमा लिटिल प्रिन्सेज इन्टरनेशल प्रतियोगीतामा सम्झना मल्ल दोश्रो स्थानमा परिन् भने तेश्रो स्थान सोनिया शाही परिन् ।
त्यसैगरी लिटिल प्रिन्स इन्टरनेशनलको प्रतिस्पर्धामा आर्यन राणा दोश्रो र सविन न्यौपाने तेश्रो स्थानमा पर्न सफल भए । टिन प्रिन्सेज इन्टरनेशनलतर्फ भने सुहाना खड्काले दोश्रो स्थान ओगटिन् भने आँचल चन्द तेश्रो भइन् ।
दिके इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको परिकल्पना र व्यवस्थापनमा सम्पन्न प्रतियोगीताको निर्णायक मण्डलमा भने कर अधिकृत पुनम भट्ट, फेसन डिजाइनर श्रीषा वैदार फैजु र गायक सिताराम पोखरेल रहेका थिए ।
प्रतियोगीतामा प्रतिस्पर्धीहरुको कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर साथमा रेडियन्ट इभेन्टका संस्थापक निर्देशक राज फैजुले गरेका थिए ।
अव विजयी प्रतियोगीतहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रतिस्पर्धा गर्ने दिके इभेन्टका निर्देशक दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले यहि प्रतियोगीताको तालीमको दौरान आफ्नो प्रस्तुति, जीवनशैली, कोरीयोग्राफी लगायतका क्षेत्रको अन्तर्राष्ट्रिय स्तरकै तालीम दिइएकोले प्रतिस्पर्धीहरु अन्तर्राष्ट्रिय डबलीको लागि अहिले नै तयार भइसकेको बताउनुभयो । अझ पनि आवश्यक तालीम र अभ्यास समेत गराई अन्तर्राष्ट्रिय उपाधीकै लागि पनि प्रतिस्पर्धीहरुलाई तयार गर्ने कोरीयोग्राफर फैजुको भनाई थियो ।
