arin enterprises

लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल सम्पन्न

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ ३, शुक्रबार

नवौं लिटिल प्रिन्सेज नेपाल २०१९ को उपाधी आद्या कार्कीले जितेकि छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ५७ प्रतिस्पर्धीहरुबीच आद्याले उपाधी जित्न सफल भइन् ।

उपाधी विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा फेसन डिजाइनर श्रीषा वैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफि प्रदान गर्नुभयो । लिटिल प्रिन्सेज समूहमै दोश्रो स्थानमा जेसिका राई परिन् भने गीत पछाई तेश्रो स्थानमा पर्न सफल भइन् ।

त्यसैगरी लिटिल प्रिन्सतर्फ विशान कटवाल विजेता बने । कटवाललाई लिटिल प्रिन्स २०१८ का विजेता जेनिस श्रेष्ठले विजेताको टोपी पहि¥याइदिए भने डान्स कोरीयोग्राफर अनुप डंगोलले ट्रफि प्रदान गरे । लिटिल प्रिन्सतर्फको दोश्रो स्थानमा सम्पन्न दाहाल र दिक्षान्त भण्डारी तेश्रो स्थानमा परे । 

मिनि प्रिन्सेज समूहमा बिरङ्गना अर्यालले विजेताको ताज हात पार्न सफल भए । रेडियन्टले नै आयोजना गरेको लिटिल प्रिन्सेज २०१७ की विजेता साथमा भारतमा भएको एस्थेटिक किड्स फेसन रनवे २०१८ मा समेत उपाधी विजेता शैब्या घिमिरेले अर्याललाई ताज पहि¥याइदिए । मिनि प्रिन्सेजतर्फ दोश्रो स्थानमा विदुसी शाही र तेश्रो स्थानमा प्राप्ती राजभण्डारी परिन् ।

५७ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई विभिन्न सब टाइटलबाट समेत पुरस्कृत गरिएको थियो । प्रतियोगीहरुलाई बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट आइज, सिन्सियर, पंक्च्युआलिटि आदि लगायतका विभिन्न सब टाइटलहरुबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगीताको निर्णायक मण्डलमा कर अधिकृत पुनम भट्ट, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष देविका बुढाथोकी, डाफोडील स्कुलका गेम्स एन्ड स्पोर्ट्स डाइरेक्टर दीपक गुरुङ, मोडल तथा नायिका क्षितिजा शाक्य र संचारकर्मी बिराजकाजी राजोपाध्याय रहेका थिए । प्रतियोगीहरुको कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुको रहेको थियो भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुले गरेकि थिइन् ।

विजयी प्रतियोगीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागीता जनाउने अवसर प्राप्त गर्ने रेडियन्टका संस्थापक निर्देशक राज फैजुले जानकारी दिनुभयो ।

Categorized in पेजथ्री