अब नेवाः आइडल हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ १८, शनिबार

नेवाः समुदायको सांगितिक प्रतिभाको खोजी गर्ने उद्देश्य सहित नेवाः सांगितिक प्रतिस्पर्धा ‘नेवाः आइडल’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेवाः आइडल घोषणा गरीयो ।
आयोजक समितिले आउँदो दशैंताका प्रतियोगीताको आयोजना गर्ने जनाएको छ । प्रतियोगितामा उपाधी विजेता हुनेलाई नगद सहित गाडी पुरस्कार दिने भएको छ । दोश्रो र तेश्रो हुनेलाई नगद सहित मोटरसाइकल पुरस्कार दिने आयोजकले जानकारी दिएको छ ।
आयोजक समितिका सदस्य साथै प्रतियोगीताका संयोजक मनोज नेवाः खड्गीले पुरै नेपालभरिका साथै भारतको दार्जिलिङ र सिक्किमबाट समेत नेवाः आइडलको खोजी गर्ने बताउनुभयो । देशको सातै प्रदेशमा साथै काठमाडौंमा विशेष अडिसन गरीने पनि खड्गीले जानकारी दिनुभयो ।
आयोजक समितिका अर्का सदस्य अंजिता खड्गीले प्रतियोगीताको उद्देश्य मौलिक नेवाः संगीतको खोजी, अनुसन्धानमा नयाँ पुस्तालाई आकर्षित गर्ने पनि रहेको बताउनुभयो ।
प्रतियोगीताको स्वरुपलाई अन्तिम रुप दिनका लागि अहिले छलफल तीब्र भइरहेको बताउँदै प्रतियोगीताका संयोजक नेवाःले कलाकारिता क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको सल्लाह, सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।
हाल आयोजक समितिमा चार जना सदस्य रहेको र प्रतियोगीता आयोजना गर्नको लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि समितिमा आवद्ध गराइने जानकारी पनि खड्गीले दिनुभयो ।
Categorized in पेजथ्री