arin enterprises

निफ अवार्डको नोमिनेसन सार्वजनिक

SamacharDesk – बिराज | २०७८ भाद्र ४, शुक्रबार

अमेरिकामा हुन गइरहेको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ को नोमिनेसन सार्वजनिक भएको छ ।

आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले विभिन्न ९ वटा विधाको नामांकनमा परेका चलचित्र एवम् चलचित्रकर्मीहरुको नाम सार्वजनिक गरेको हो ।

विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने भनिएकोमा एउटा विधा भने पब्लिक च्वाइस अवार्ड रहेको छ । 

अन्य ९ विधामा बेस्ट स्टोरी, बेस्ट म्यूजिक, बेस्ट स्क्रीनप्ले, बेस्ट डाइरेक्ट, बेस्ट कस्ट्युम, बेस्ट सिनेमाटोग्राफी, बेस्ट एक्ट्रेस, बेस्ट एक्टर र बेस्ट फिल्म रहेका छन् ।

अन्तिम प्रदर्शनीका लागि छनौटमा परेका ७ वटा चलचित्रका लागि विभिन्न ९ वटा विधामा नामाङ्कन गरिएको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा बढि नेवार समुदायको चलचित्र जामनः गुभाःजु र गुरुँ समुदायको मि न्होर्वै ट ८ वटा विधामा नोमिनेसन भएको छ ।

९ वटा विधामध्ये जामनः गुभाःजु बेस्ट एक्ट्रेस विधामा मात्र परेन भने मि न्होर्वै ट बेस्ट स्टोरी विधामा नोमिनेट हुन सकेन ।

त्यस्तै मगर भाषाको चलचित्र ट्याङचलाक ७ वटा विधामा नोमिनेट हुन सफल भएको छ ।

त्यस्तै तामाङ चलचित्र प्राङ्ना ५ वटा विधामा, ह्योल्मो चलचित्र मेतोक ४ वटामा, लिम्बु चलचित्र के २ वटा विधामा नोमिनेट भएको छ भने राई चलचित्र सायाबुङ भने बेस्ट एक्ट्रेस एउटा मात्र विधामा परेको छ ।

यो चलचित्र महोत्सव कार्यक्रम आउँदो अगस्टको २१ र २२ तारीखको दिनमा अमेरिका न्यूयोर्कको एभ वुडसाइडमा हुन गइरहेको छ ।

कुन विधामा कुन चलचित्र नाेमिनेट भएकाे छ

१. बेस्ट स्टोरी

मेक ब. पुन (ट्याङचलाक), दर्शनवीर शाक्य (जामनः गुभाःजु), सागर केरुङ (के)

२. बेस्ट म्यूजिक

तेजेन्द्र गुरुङ (मि न्होर्वै ट), मनि तामलिङ (के), बालकृष्ण वंशी (जामनः गुभाःजु), पदम थापा मगर (ट्याङ चलाक)

३. बेस्ट स्क्रीनप्ले

आगत केसी (मेतोक), सुशील राजोपाध्याय (जामनः गुभाःजु), सुक ब. तामाङ (प्राङ्ना), उमान सिं गुरुङ (मि न्होर्वै ट)

४. बेस्ट डाइरेक्टर

उमान सिंह गुङ (मि न्होर्वै ट), रवि सायमि (जामनः गुभाःजु), मेक ब. पुन मगर (ट्याङचलाक), सुक बहादुर तामाङ (प्राङ्ना)

५. बेस्ट कस्ट्युम

मि न्होर्वै ट, जामनः गुभाःजु, प्राङ्ना, मेतोक

६. बेस्ट सिनेमाटोग्राफी

भवानी शिलाकार (जामनः गुभाःजु), रामकुमार केसी (मेतोक), खिमबहादुर गुरुङ (मि न्होर्वै ट) प्रवीण खड्का (ट्याङचलाक)

७. बेस्ट एक्ट्रेस

तिला मगर (ट्याङचलाक), निशा राई (सायाबुङ), सुमन गुरुङ (मि न्होर्वै ट), नीमा डोल्मा लामा (मेतोक)

८. बेस्ट एक्टर

सुजन थापा (ट्याङचलाक), सुशील राजोपाध्याय (जामनः गुभाःजु), सुक बहादुर तामाङ (प्राङना), खेमराज घले (मि न्होर्वै ट)

९. बेस्ट फिल्म

पाइला फिल्म्स प्रा.लि. (मि न्होर्वै ट), फिमाला इन्टरटेनमेन्ट प्रा.लि. (ट्याङ चलाक), जाम्बुलिङ फिल्म्स प्रा.लि (प्राङ्ना), वाइल्ड बुल्स प्रोडक्सन प्रा.लि. र जेस्सी पेन्नी इन्टरटेनमेन्ट (जामनः गुभाःजु)

Categorized in पेजथ्री