एक्टर सिद्धार्थ शुक्लाको निधन
SamacharDesk – बिराज | २०७८ भाद्र १७, बिहिबार

भारतीय टेलिभिजन पर्दाको चर्चित रियालिटी शो बिग बास को १३ औं सिजनका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।
भारतीय टेलिभिजन क्षेत्रमा चर्चित अभिनेता शुक्लाको आज हृदयघातका कारण मृत्यु भएको हो ।
४० वर्षीय शुक्ला बालिका बधु टेलि श्रृङ्खलाबाट चर्चामा आएका थिए ।
उनले सन् २००८ मा सोनी टेलिभिजनबाट प्रसारित बाबुलका आँगन छुटे ना टेलिश्रृङ्खलबाट डेब्यु गरेका थिए ।
उनले हम्प्टी शर्माकी दुल्हनियाँ र बिजनेस इन काजखस्थान चलचित्रमा पनि अभिनय गरेका छन् ।
सामाजिक संजालमा पनि निकै सक्रिय रहने शुक्लाले करीब एक साता अघि मात्रै इन्स्टाग्राममा एक फोटो पोस्ट गरेका थिए । अहिले उक्त फोटोले धेरैको मन रुवाएको छ ।
आज निधन भएका अभिनेता शुक्लाले एक साता अघिमात्रै इन्स्टाग्राममा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद भन्दै जीवनको ग्राफ जस्तो आकृति हातमा समाएको फोटो पोस्ट गरेका थिए ।
View this post on Instagram
साथमा ६ दिन अघि मात्रै शुक्लाले सडकका कुकुरहरुको लागि संचालन भएको एक अभियानमा आवद्ध भएको खबर सार्वजनिक भएको थियो । सो अभियान अन्तर्गत उनले सडकका कुकुरको लागि खानाको व्यवस्थाको जिम्मेवारी लिएको बताइएको थियो ।
उक्त अभियानलाई लिएर शुक्लाले मानव जीवन निकै सस्तो भएको संसारमा सडकका कुकुरहरुको लागि दयाभाव राख्न अपील समेत गरेका थिए ।
एक साता अघि मात्रै जीवनको सकारात्मक कुरा गर्दै गरेका शुक्लाको आज अकस्मात मृत्यु भएको खबरले भारतीय टेलिभिजन जगतलाई दुखित तुल्याएको छ ।
Categorized in पेजथ्री