arin enterprises

गुंलापछि थाइल्यान्डबाट ईन्द्रजात्रा आउँदै

SamacharDesk – बिराज | २०७८ भाद्र ३०, बुधबार

काठमाडौं उपत्यकाका नेवार बौद्ध धर्मावलम्बीहरुको गुंला पर्वको बारे बृत्तचित्र बनाएको ३६५ वर्ल्ड च्यानलले फेरी ईन्द्रजात्रा सम्वन्धि भिडियो सामग्री निर्माण गर्ने भएको छ ।

च्यानलले ईन्द्रजात्रा सम्वन्धि भिडियो सामग्रीको प्रोमो सार्वजनिक गर्दै ईन्द्रजात्रा भिडियो बृत्तचित्रको घोषणा गरेको हो । च्यानलले आज आफ्नै युट्युब च्यानलमार्फत ५२ सेकेन्ड अवधिको भिडियो प्रोमो सार्वजनिक गरेको हो ।

अहिले ईन्द्रजात्रा नजिकिदैँ गर्दा च्यानलले ईन्द्रजात्रा सम्बन्धि बृत्तचित्र बनाउन लागेको हो । च्यानलले नेपाल पर्यटन बोर्डको सहकार्यमा यो बृत्तचित्र निर्माण गरिरहेको हो ।

नेपालबाट च्यानलसँगको समन्वय थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले गरिरहेका छन् ।

‘अहिले बृत्तचित्रको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । मिति नै त भनिनहालौं तर, सक्दो चाँडो बृत्तचित्र सार्वजनिक गर्ने योजनमा छौं’ पर्यटन दूत शाक्यले भने ।

थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले नेपालको मूर्त अमूर्त संस्कृतिमा निकै चासो राखेको र भविष्यमा यस्तै नेपालका संस्कृति सम्वन्धि अन्य सामग्री पनि आउने शाक्यले जानकारी दिनुभयो ।

च्यानलले यस अघि नेपाल सम्वत अनुसार गुंला महिना शुरु भएसँगै गुंला पर्व सम्वन्धि साढे ७ मिनेटको लघु बृत्तचित्र सार्वजनिक गरेको थियो भने बसन्तपुरस्थित कालभैरवको २६ सेकेन्डको एउटा भिडियो पनि च्यानलले सार्वजनिक गरिसकेको छ ।

Categorized in पेजथ्री