arin enterprises

रानीको कुचुकुचु सार्वजनिक

SamacharDesk – बिराज | २०७८ आश्विन १०, आइतबार

पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी गायिका रानी शाक्यको नेपाल भाषाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा गायिका शाक्यको नेपालभाषाको गीत ‘कुचुकुचु मिं’ सार्वजनिक गरिएको हो । कार्यक्रममा नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले गीतको लोकार्पण गर्नुभयो ।

गीत लोकार्पण पछि बोल्दै अध्यक्ष राजोपाध्यायले कला र संगीतले भूगोल वा जात नचिन्ने विचार राख्दै कलाकै माध्यमले सारा विश्व र जातजातिलाई एक बनाउने बताउनुभयो ।

कार्यक्रममा गीतका रचनाकार शैलेन्द्र श्रेष्ठ, म्यूजिक भिडियोका मोडलद्वय रुपेन्द्र श्रेष्ठ र विनु शाक्य, नेपालभाषा कला क्षेत्रका चर्चित कोरीयोग्राफर साथमा निर्देशक राजन शाही, समाजसेवी रमेश जोशी लगायतले गीतको बारेमा आआफ्नो विचार राखेका थिए ।

गीतमा भुपेन्द्र बज्राचार्यले संगीत दिएका छन् । गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको दृश्य सम्पादन रहेको छ ।

भिडियोलाइ रानी शाक्यकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Categorized in पेजथ्री