arin enterprises

अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालले जित्यो उपाधी

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ जेठ ३०, बिहिबार

मंचको भव्यता गजबको थियो । इन्डोनेसिया र नेपालका जम्मा २२ जना प्रतिस्पर्धीहरु परिणामको पर्खाइमा थिए । कौतुहलता र उत्सुकतासँगैको पर्खाइसँगै जब नाम घोषणा भयो, नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा वैदार फैजु लगायत नेपाली प्रतिस्पर्धीहरुलाई एकछिनको लागि त सपना पो हो कि जस्तो पनि भयो । नेपालले नै उपाधी जितेको घोषणा हुँदा त्यहाँ उपस्थित हरेक नेपाली भावविव्हल नै हुन पुगे ।

सन्दर्भ हो, इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ को । चारवटा समूहमा विभाजन गरेर भएको लिटिल र टिन बालबालिकाहरुको पेजेन्टमा चारमध्ये तीनवटा उपाधी नेपालको भागमा पर्यो ।

इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सेजतर्फको उपाधी शैव्या घिमिरेले हात पारिन् । शैब्याले उपाधीको साथै राष्ट्रिय पहिरन (बेस्ट नेशनल कस्ट्यूम) को पुरस्कार पनि जितिन् । शैव्याले आफ्नो पहिरनमा नेपालको राष्ट्रिय चरा डाँफेको झझल्को दिएकि थिइन् । उक्त ड्रेसको डिजाइन भने फेसन डिजाइनर श्रीषा वैदार फैजुले गरेकि थिइन् ।

‘खुसीको साथमा गर्व लाग्यो । मैले आफ्नो डिजाइनमा नेपालको राष्ट्रियता झल्काउने परिकल्पना बनाएको थिएँ । विभिन्न देशबाट उपस्थित दर्शकहरुको बीच मैले नेपाल देखाएँ । यो मेरो डिजाइन वा शैव्याले मात्र होइन, नेपालले जितेको हो’ डिजाइनर श्रीषाले खुसीको आँसु छचल्काउँदै भनीन् ।

लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवालले मोस्ट कन्फिडेन्टको पुरस्कार समेत जिते ।

कटवाल व्हीलचियरमा बसेर पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारी बनिन् र ५ मिनेटको दौरानमा आफ्नो अभिनय कलाले मजारीको जीवन प्रस्तुत गरिन्

टिन प्रिन्सेजको उपाधी पनि नेपालकै पोल्टामा परेको छ । टिन प्रिन्सेजको उपाधी नेपालकै वेलिस्मा कटवालले जितिन् । वेलिस्माले बेस्ट ट्यालेन्टको पुरस्कार पनि नेपालले नै जितेकी छन् । 

ट्यालेन्ट राउन्डमा उनको प्रस्तुति साँच्चिकैमा पृथक नै थियो । कटवाल व्हीलचियरमा बसेर पाकिस्तानी व्हीलचियर आर्टिस्ट भनी प्रशिद्ध मुनिबा मजारी बनिन् र ५ मिनेटको दौरानमा आफ्नो अभिनय कलाले मजारीको जीवन प्रस्तुत गरिन् । उनको प्रस्तुतिले दर्शकलाई भावुक बनाइदिएको थियो ।

चारवटा मुख्य उपाधी मध्ये तीनवटा नेपालले जितेको हो । मात्र टिन प्रिन्सको उपाधी इन्डोनेसियाका आगुङ्ग दिप्ताले जितेका थिए । 

तीनवटा मुख्य उपाधीको साथमा विभिन्न सव टाइटल पनि नेपालको हात परेको छ । कन्जेनियालिटिको पुरस्कार आध्या कार्कीले जितिन् भने बेस्ट फोटोजेनिक प्राप्ती राजभण्डारी, एलेगेन्स रिद्धिमा नेपाल, मोस्ट चार्मिङ जेसिका राईले जितिन् ।

प्रतियोगीताको निर्णायक मण्डलमा समेत नेपालको प्रतिनिधित्व रहेको थियो । निर्णायक मण्डलका तीन सदस्य मध्ये नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका संस्थापक निर्देशक राज फैजु पनि रहेका थिए । अन्य दुई सदस्यमा जकार्ताका अन्तर्राष्ट्रिय मोडल कियान र इन्डोनेसियाका अन्तर्राष्ट्रिय मोडल पेडि रहेका थिए ।

सो प्रतियोगीतामा मन्तव्यको क्रममा अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले नेपालको बारेमा पनि बोलेका थिए । फैजुले सन् २०२० मा नेपाल आउन सबैलाई आव्हान गरेका थिए । साथमा बालीको साथै, इन्डोनेसियामै नेपाललाई भारतको प्रान्तको रुपमा व्याप्त भ्रम चिर्ने अवसर पाएकोमा गर्व महसूस भएको पनि फैजुले बताए । 

प्रतियोगीताको शुरुवातमा इन्डोनेसियाको साथै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । बालीको बसाईँकै दौरान फैजुले बालीका गभर्नर इबु पुत्री कोस्टरसँग भेट गर्ने अवसर समेत प्राप्त गरे । ‘गभर्नर कोस्टरलाई बुद्ध र सगरमाथाको देशको रुपमा नेपाल चिनाउने मौका पाएँ । नेपालको स्मरण स्वरुप उहाँलाई सगरमाथाको प्रतिरुप पनि उपहार दिएर आएको छु’ फैजुले भन्नुभयो ।

प्रतियोगीतामा सम्पूर्ण नेपाली प्रतिस्पर्धीहरुले नेपालमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको पहलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए । नेपालमा रेडियन्टकै आयोजनमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेजको उपाधी विजेताको हैसियतले उनीहरुले यस अन्तर्राष्ट्रिय डबलीमा अवसर पाएका हुन् ।

Categorized in पेजथ्री