पेज थ्री अवार्ड पुष २४ मा हुने
SamacharDesk – बिराज | २०७८ आश्विन २३, शनिबार

नेवाः कला क्षेत्रको महामेलाको रुपमा लिइने पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डको चौथो संस्करण आउँदो पुष २४ गते हुने भएको छ ।
आयोजक संस्था पेजथ्री पाक्षिकले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्डको चौथो संस्करण घोषणा गर्दै कार्यक्रमका विभिन्न चरणबारे पनि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपालभाषाको मनोरन्जन प्रधान पत्रिका पेजथ्री पाक्षिकका सम्पादक साथै अवार्ड कार्यक्रम संयोजक दर्शनबीर शाक्यले आउँदो कार्तिक १४ गतेसम्ममा नेपालभाषाको संगीत, म्यूजिक भिडियो र चलचित्रहरु अवार्डको लागि दर्ता गर्न सकिने बताए ।
अवार्डको प्रतिस्पर्धाका लागि भित्रिएका गीत, म्यूजिक भिडियो र चलचित्रहरुमध्येमा उत्कृष्ट छनौट गरी पुष १० गते नोमिनेसन घोषणा गरिने भएको छ ।
नोमिनेसनबाट पब्लिक च्वाइसमा परेका विजेताहरुलाई पुष २४ गतेका दिन अवार्ड वितरण गर्दै पेज थ्री अवार्डको चौथो संस्करण सम्पन्न हुनेछ ।
अवार्डको यस संस्करणय् तीनवटै क्षेत्रबाट गरी जम्मा ३७ विधामा पिपल्स च्वाइस अवार्ड वितरण गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
यस संस्कारणमा संगीततर्फ भजन संगीत र समूह गायन विधान पनि थप हुने भएको छ भने ज्यूरी अवार्ड पनि दिइने भएको छ ।
पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले पेजथ्री अवार्डलाई महानगर स्तरीय बनाउँदै विभिन्न स्थानीय सरकारहरुले नै आयोजना गर्नुपर्ने विचार राख्नुभयो ।
वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले अवार्डको प्रतिस्पर्धा र विजेता छनौट प्रकृयालाई सहज ढङ्गबाट लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
Categorized in पेजथ्री