arin enterprises

पाटनमा भीमसेन मन्दिर अगाडि भेटियो ऐतिहासिक शिलापत्र

SamacharDesk – शिवेश शर्मा | २०७८ पौष ६, मंगलबार

पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी एउटा ऐतिहासिक शिलापत्र भेटिएको छ ।

मन्दिर अगाडी ढल निकास बनाउन ढलको पाइप जडान गर्ने क्रममा करिब १० फिट मुनि अन्दाजीसाढे ४ फिट अग्लो शिलापत्र भेटिएको हो । उक्त स्थानमा खन्दै जाँदा पुरै पुरिएको अवस्थामा शिलापत्र भेटिएको हो ।

उत्तर–लिच्छविकालिन लिपि प्रयोग भएको देखिएबाट सो शिलापत्र उत्तर लिच्छवीकालीन नै हुनसक्ने बताइएको छ ।

आजै मात्र भेटिएको शिलापत्रको अध्ययन बाँकि नै रहेकोले यसको विस्तृत अध्ययन गरिएपछि मात्रै यसबारे थप जानकारी पाइने बताइएको छ ।

समयको विभिन्न कालखण्डमा बाटो बनाउँदै जाँदा बाटो माथि आउँदै गर्दा उक्त शिलापत्र पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

यस स्थानमा लिच्छविकालमा हःखाः खुसि नामक खोला बग्ने गरेको जनश्रुति सुन्न पाइन्छ ।

Categorized in समाज