arin enterprises

फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

SamacharDesk – बिराज | २०७८ पौष ११, आइतबार

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

ललितपुरमा सम्पन्न महासंघ ललितपुर शाखाको पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनिता बटाजु, सह–सचिवमा शुभप्रभात राई र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यमा सुजाता राई, सम्झना महर्जन, किरण शाही, सनिराज शाक्य, अनुप शाक्य, राजन महर्जन, बाबुलाल स्याजतान चुनिएका छन् ।

निर्वाचित भएको घोषणा पछि बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले फोनिजलाइ एकताबद्ध, सुदृढ र सक्रिय बनाउन सबै फोनिजका सदस्यलाई लाग्न आग्रह गर्नुभयो । 

यसभन्दा अघि अधिवेशनको बन्द सत्रको महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, महासंघका केन्द्रीय सदस्य साथै पत्रकार दबूका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासंघ ललितपुरका सल्लाहकार सुनिल महर्जन, तामाङ्ग पत्रकार संघका साहिला तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।

Categorized in समाज