दबूले यस वर्ष पनि श्रेष्ठको जन्मजयन्ती मनाउँदै
SamacharDesk – बिकाश | २०७८ पौष १२, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको जन्मजयन्ती मनाउने भएको छ ।
पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार संघको स्थापना गरेका श्रेष्ठको १०६ औं जन्मजयन्ती भोलि मंगलबार मनाउन लागेको हो ।
संघको स्थापना गरी पत्रकार एकताको सुत्रपात गरेका श्रेष्ठ नै नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको आवाज उठाउँदै आएको दबूले यस वर्षको जन्मजयन्तीको कार्यक्रम नेपाल पत्रकार महासंघमै गर्ने भएको छ ।
भोलि मंगलबार श्रेष्ठको जन्मजयन्तीको अवसरमा महासंघको सभाहलमा कार्यक्रम गरिँदैछ ।
श्रेष्ठलाई नै पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने मागसहित दबूले वर्षेनी श्रेष्ठको जन्मजयन्ती कार्यक्रम मनाउँदै आएको छ ।
श्रेष्ठले २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गरेका थिए । नेपालमा पत्रकारहरुलाई संगठित गर्न बनाइएको यो पहिलो संगठन हो ।
संघमा विभिन्न कालखण्डमा नेतृत्व परिवर्तन हुँदै २०५४ भदौ ३० गते सम्पन्न १८औँ महाधिवेशनले किशोर नेपालको अध्यक्षतामा संगठनलाई महासंघमा रुपान्तरण गरेको थियो ।
Categorized in समाज