ललितपुर १६ वडाले सांगितिक कार्यक्रम गर्ने
SamacharDesk – बिराज | २०७८ माघ २४, सोमबार

ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्तरुपमा सांगीतिक कार्यक्रम “सःया जः” को आयोजना गर्ने भएको छ ।
ललितपुरमा एक कार्यक्रमको आयोजना गरि ‘सःया जः’ को घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै समितिका संयोजक सुरजवीर बज्राचार्यले कला क्षेत्रमा अर्को एक नमूना कार्यक्रमको प्रस्तुतिको लागि वडाको तत्परताले कलाकारहरुलाई निकै उत्साहित बनाएको बताउनुभयो ।
कुटुम्ब ब्यान्डका सल्लाहकार मंगल महर्जनले यो कार्यक्रम नेवाः संगीतकै लागि भएको बताउनुभयो ।
लपुमपा १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले यस सांगीतिक कार्यक्रममा वादन र गायन प्रस्तुति रहने बताउँदै टोलटोलमा पुगेर विभिन्न कार्यक्रमहरु गर्दै जाने जानकारी गराउनुभयो ।
वडाबाट कलाकार उत्पादनको लागि कला स्यनाकुथि (पाठशाला) शुरु गर्न लागेको वडाध्यक्ष शाक्यले बताउनुभयो ।
कार्यक्रम नेपाः च्यानलबाट प्रशारण हुने बताइएको छ ।
ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति, कुटुम्ब ब्यान्डको साथमा प्रोजेक्ट बाजा नेपाल, वाद्यशिरोमणी घराना जस्तो सांगीतिक समूहको प्रस्तुति रहनेछ ।
कार्यक्रममा चर्चित र नयाँ कलाकारहरुको गीतलाई पनि विभिन्न नेवाः परम्परागत बाजाको साथमा अलग्ग ढङ्गले प्रस्तुत गरिने दावी गरिएको छ ।
Categorized in पेजथ्री