arin enterprises

नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिन्

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

अभिनेत्री रेखा थापाले फेरि विवाह गरेकी छिन्।

उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स गरेकी  थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको खबर बाहिरिएको छ ।

थापा र शाही लामो समयदेखि प्रेममा थिए । उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन् । 

Categorized in पेजथ्री