डिस्को बादशाह बप्पी दा रहेनन्
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

डिस्को बादशाह भनेर चिनिने भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा हिजो राती निधन भएको छ ।
हिजो राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको कीर्तिकेयर अस्पताल लगिएका उहाँको आज विहान निधन भएको हो ।
भारतको रङ्गिन दुनियाँमा बप्पी दा को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो ।
सांगीतिक माहौल भएको परिवारमा उहाँको जन्म भएको थियो । बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक हुनुहुन्थ्यो भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार हुनुहुन्थ्यो ।
१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरू गरेका बप्पी दाले सन् १९७२ मा बंगलाी फिल्म “दादू” मा पहिलो पटक संगीत दिनुभएको थियो । उनले बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिनुभएका थियो ।
अक्सर सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित हुनुहुन्थ्यो ।
Categorized in पेजथ्री