भारतीय सेनाले कश्मिरीहरुलाई यातना दिएको आरोप
SamacharDesk – समाचारडेस्क | २०७६ भाद्र १३, शुक्रबार

भारत सरकारले कश्मिर शान्त रहेको बताइरहँदा कश्मिरीहरुले भने आफुलाई सेनाले यातना दिइरहेको बताएका छन् । भारतले कश्मिरमाथि संवैधानिक स्वायत्तता अन्त्य गरेको निर्णय पछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले कश्मिरीलाई कुटपिट गरेको साथै यातना दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
भारत सरकारले अनुच्छेद ३७० हटाइसकेपछि कैयन कश्मिरीले आफुलाई डण्ंडा र तारले पिट्नुका साथै बिजलीको झटका दिएको बताए । सियासी नेता, व्यापारीहरुको साथै सामाजिक कार्यकर्तासमेत गरी हजारौंलाई पक्राउ गरिएको जनाइएको छ ।
भारतीय सेनाले भने आफुमाथि लागेको आरोपलाई आधारहीन बताएका छन् ।
अहिले यस क्षेत्रमा हजारौं अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको छ ।
कश्मीरको एउटा भागमा पाकिस्तानको नियंत्रण छ ।
आफ्नो शरीरका घाउहरु देखाउँदै कश्मिरका केही ग्रामीणहरुले भारतीय सुरक्षाबलले आफुहरुलाई यातना दिएको बताएको विविसीले जनाएको हो । डाक्टर र स्वास्थ्य अधिकारीले विरामीहरुको बारे केही पनि बताउन इन्कार गरेको पनि विविसीका पत्रकारले जनाएको छ ।
सुरक्षाबलले आफुहरुलाई कुटपिट गर्नुुका साथै विजुलीको झट्का समेत दिएर ईँटा हान्नेहरुको नाम सोधेको ग्रामीणहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए ।
भारतीय सेनाले भने यी सबै आरोपलाई अस्वीकार गर्दै आफुहरुले कुनै पनि नागरिकलाई कुटपिट नगरेको दावी गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय